
लमही–घोराही सडकखण्डअन्तर्गत मसोट खोलामा सवारी आवागमन सहज बनाउन वैकल्पिक डाइभर्सन निर्माण गरिएको छ।
मसोट पुल मर्मत गर्नुपर्ने भएपछि २१ साउनदेखि चार दिन सवारी रोक्ने निर्णयसँगै पुलको उत्तरतर्फ खोलामा खाल्डा पुरी डाइभर्सन बनाइएको हो।
लमहीका प्रहरी प्रमुख रोशनराज पाण्डेका अनुसार डाइभर्सन अस्थायी भएकाले वर्षा भइ खोलाको पानी बढेमा पुनः यातायात अवरुद्ध हुन सक्ने सम्भावना छ।
प्रकाशित मिति : २०८२ साउन २२ गते बिहिवार

