दाङ–कपिलवस्तु सडकखण्डको भाइरल डाँडानजिक खसेको पहिरो पन्छाइयाे



पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ–कपिलवस्तु सडकखण्डको भाइरल डाँडानजिक खसेको पहिरो पन्छाइएको छ।
लगातारको वर्षाका कारण शनिबार राति करिब ८ बजे सडकमा पहिरो खसेपछि केही समय सवारी आवागमन पूर्णरूपमा बन्द भएको थियो।
सशस्त्र प्रहरी बल २९ नम्बर गण हेडक्वार्टर भालुबाङका प्रमुख एसपी यदु कार्कीका अनुसार सुरक्षा निकाय र सडक डिभिजन कार्यालयको समन्वयमा सडकमा खसेको माटो तथा ढुंगा हटाएर यातायात सञ्चालनमा ल्याइएको हो।
पहिरो खसेपछि इलाका प्रहरी कार्यालय चन्द्रौटाको टोली घटनास्थलमा पुगेर सडकको अवस्था निरीक्षण तथा आवश्यक समन्वय गरेको थियो।
लगातार वर्षा भइरहेकाले उक्त क्षेत्रमा पुनः पहिरो खस्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले यात्रु तथा चालकलाई सावधानी अपनाएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्