दंगीशरण १ रामपुरमा एक दिने निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वयमा नि ःशुल्क स्वास्थ्य शिवीर वडा न १ को आधारभुत स्वास्थ्यकेन्द्र रामपुरमा सम्पन्न भएको हो । ४० बर्ष उमेर समुह देखी माथिका ब्यक्तीहरुका लागी निशुल्क स्वास्थ्य सेवा, परामर्श सहितको शिवीर संचालन गरिएको वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले बताउनुभयो ।
ग्रामिण भेग त्यसमापनि स्वास्थ्यको पहुँच बाट टाढा रहेका ४० बर्ष माथिकाहरुका लागी चेकजाँच सहितको शिवीर राखिएको वढा न. १ का वडा अध्यक्ष रमेश भण्डारीले बताउनुभयो ।
शिवीरमा मधुमेह ,उच्च रक्तचाप ,तथा पिसावद्वरा मृगौला रोगको परीक्षण सम्बन्धि स्कृनिङ लगायतको सेवा प्रदान गरीएको थियो । शिवीर बाट १ सय ४५ जनाले निशुल्क स्वास्थ्य सेवा लिएको स्वास्थ्य साखा दंगीशरणका प्रमुख प्रदिप योगिले जानकारी दिनुभयो ।