
दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालको नवनिर्मित शल्यक्रिया भवन उद्घघाटन गरिएको छ ।
नेपाल–भारत विकास सहयोगअन्तर्गत भारत सरकारको आर्थिक अनुदान तथा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा निर्माण गरिएको भवनको बिहीबार भारतीय राजदूतावास काठमाडौंका काउन्सिलर गीतांजली ब्रैंडन र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले संयुक्त रूपमा समुद्घाटन गर्नुभएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रजयोति संघ प्रमुख प्रशासक डा. सम्शेर थापाले भवन निर्माण संगै आँखा स्वास्थ्यको विकास विस्तार र हाल सम्म दिएको सेवाको विषयमा जानकारी गराउनुभएको थियो ।
भवन निर्माणका लागि चार करोड २४ लाख ३८ हजार रुपैयाँको ठेक्का सम्झौता भएको र अस्पतालको आन्तरिक स्रोतबाट थप एक करोड रुपैयाँ खर्च भएको जानकारी दिइएको थियो । दुई तलाको नवनिर्मित भवनमा २० वटा कोठा रहेका छन् । भवन निर्माणको जिम्मेवारी सिएनएस, आरएस, भिक्टोरिया जेभी, बुद्धनगर काठमाडौंले पाएको थियो । भवन निर्माणसँगै अब आधुनिक शल्यक्रिया कक्षबाट थप व्यवस्थित र प्रभावकारी रूपमा आँखा शल्यक्रिया सेवा प्रवाह हुनेछ ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन्द, राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामिछाने, लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य शंकर गिरि, नेपाल नेत्रजयोति संघ दाङका सभापति कृष्णकुमार गिरी , पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे लगाएतले आखा अस्पतालले दाङमा मात्र नभइ अन्य जिल्लाका नागरिकहरुलाई पनि गुणस्तरीय सेवा दिन सफल भएको बताएका थिए ।आँखा स्वास्थ्य सेवाको विस्तार र गुणस्तर सुधारमा भवन निर्माणले महत्वपूर्ण योगदान पुर्याउने बताए ।
नेपाल नेत्रजयोति संघ दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काकाे स्वागत मन्ततब्य बाट सुरु भएको कार्यक्रम काे शहजिकरण सूचना अधिकारी बालाराम खड्का र सहसचिव प्रणव कुमार खड्काले गर्नु भएको थियाे ।
कार्यक्रममा भवन निर्माण उपसमिति तथा सहयोग गर्ने प्राविधिकहरूलाई सम्मानसमेत गरिएको थियो ।

