दोश्रो गोरखा कप फुटबल प्रतियोगिता हुँदै



लक्ष्मण बस्नेत

दोस्रो गोरखा कप छात्र/ छात्रा फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । गोरखा ग्रुप प्रालीको आयोजना तथा गोरखा सेकेन्डरी स्कुल तुलसिपुरको ब्यबस्थापनमा संचालन हुने प्रतियोगिता यहि कार्तिक २२ गते देखि सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन बिहान साढे दस बजे गरिने कार्यक्रम रहेकोछ ।

सबल शरिर,अनुशासन र सशक्त बिचार – खेलकुद गोरखा ग्रुपको पहिचान र आधार भन्ने मुल नाराका साथ गोरखा सेकेन्डरी स्कुल तुलसिपुरको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको बिजेताले गोरखा कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता बिधालयलाई कप,मेडल प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता ब्यबस्थापनको जिम्मेवारी पाएको गोरखा सेकेन्डरी स्कुलका प्रीन्सिपल बिजयमान जिएमले जानकरी दिनुभयो ।

दुईदिन सम्म संचालन हुने प्रतियोगितामा गोरखा ग्रुपका गोरखा सेकेन्डरी स्कुल तुलसिपुर,गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराही,गोरखा मोडल स्कुल लमही र गोरखा आईडल स्कुल लालमटियाका छात्र तर्फ ४ र छात्रा तर्फ चार टिमको सहभागीता रहनेछ ।

यसैबिच प्रतियोगिता लाई भब्य एवं सभ्य बनाउन यतिबेला ब्यबस्थापनको जिम्मा पाएको गोरखा सेकेन्डरी स्कुल तुलसिपुरले आफ्नो तयारी तिव्र पारेको बताएको छ। तयारी स्वरुप खेलमैदान मर्मत,प्रचार प्रसार,सहभागी हुने बिधालय लाई दर्ता आह्वान, आतिथ्य सत्कार लगाएतका पक्षमा तिव्रता दिइएको प्रीन्सिपल जिएमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्