दाङमा अवैध लागूऔषध ब्राउनसुगर सहित एक ब्यक्ती पक्राउ



दुधुवाफाटाबाट लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ – Nile Khabar

दाङमा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ९ अटोभिलेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित चितवन भरतपुर महानगरपालिका २१ पार्वतीपुर बस्ने ३३ वर्षीय सबिन घर्तिलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।यस विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्