तुलसीपुर बसपार्कमा एक महिलाको तिलहरी लुटेको आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। सल्यानबाट आफन्त भेट्न दाङ आएकी निर्मला खत्रीको तिलहरी लुट्दालुट्दै पक्राउ गरेको ईप्रका तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १८ का नवीन सुनार रहेका छन ।
निर्मलालाई आफन्तको घर सम्म पुर्याइदिने भन्दै नवीनले बाइकमा बसाएर केही पर लगेर तिलहरी लुटेका थिए । महिला चिच्याएपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
डीएसपी मल्लका अनुसार बसपार्क चौकी इन्चार्ज असई सन्तोष आचार्यको टोलीले नविनलाई पक्राउ गरेको थियो ।प्रहरीले लुटिएको तिलहरी बरामत गर्नुका साथै सुनारलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार