
तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई वटा शव फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका ६ रजौरामा निर्माणाधीन घरको पानी ट्यांकीमा आज बुधबार बिहान शव फेला परेको हो।
पानी ट्यांकीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीय उमेश डाँगीका अनुसार ट्यांकीमा दुई वटा शव देखिएको छ। यद्यपि, शवको पहिचान भने खुल्न बाँकी रहेको छ।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली घटनास्थलमा पुगेको छ। कार्यालय प्रमुख डिएसपी होमबहादुर पराजुलीले शव भेटिएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको जानकारी दिनुभएको छ।
शव कसको हो र घटना कसरी भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
प्रकाशित मिति : २०८३ साउन ६ गते बुधवार

