मानव अधिकार तथा शान्ति समाजले आज स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ । प्रत्येक वर्ष प्रदान गर्ने स्रष्टा सम्मान अर्पण कार्यक्रम अनुशार कार्तिक ४ गते दाङ , काठमाडौ र बिराटनगरमा गरिएको हो । दाङ शाखाको आतिथ्यमा भएको कार्यक्रममा पद्यप्रसाद दाहाल स्रष्टा सौगात– अशोक थारु दाङ र जोगमाया बराल स्रष्टा सौगात– हेमन्ती जोशी लाई प्रमाणपत्रका साथमा जनही २० हजार नगद प्रदान गरिएको थियो । उप सभापति कोमल डिसीको अध्यक्षता एवम नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र वेलझुण्डि दाङका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर सुधन कुमार पौडलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत,केन्द्रिय सचिब निर्मल नेपाली , सम्मानित हुनु भएका अशोक थारु र हेमन्ती जोशी तथा वरिष्ठ अधिबक्ता डिल्लीराज धितालले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै ,राप्ती साहित्य परिषद् दाङका अध्यक्ष टिकाराम उदासी दाङ साहित्य परिषद् अध्यक्ष डिल्लीराज धिताल,सिनो पानीका डाक्टर लोकराज पराजुली,साहित्यक श्रष्टा दिपक शर्मा समीप,ब्राह्मकुमारी राज योगका शिवलाल महतरा, नवराज रजौरे,भवानी न्यौपाने ,मन्जु कडेल, श्रीधर शर्मा,हिरा वली,भिमलाल मरासिनी,बलदेव रजौरेले साहित्यक रचना वाचन गर्नुभएको थियो । सदस्य निर्मला गौतमको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव अमृत शर्माले गर्नुभएको थियो ।