दंगीशरण २ मा दलित सेवा कला केन्द्र गठन



No description available.

दंगीशरण गाउँपालिका वडा नं. २ मा दलित सेवा कला केन्द्र गठन भएको छ । दलितहरुका मुद्दालाई अगाडि बढाउने र लोप हुन लागिरहेको दलितको परम्परा, कला र संस्कृतिलाई संरक्षण गर्ने उदेश्यका साथ केन्द्र गठन भएको हो ।

मान बहादुर परियारको अध्यक्षमा २१ सदस्य हुनेगरी दलित सेवा कला केन्द्र गठन भएको छ । जसको उपाध्यक्षमा दिल बहादुर दमाई, सचिवमा रमेश वि.क, सह सचिव दिप बहादुर सार्की , कोषाध्यक्ष रेनुका नेपाली रहनु भएको छ ।

यस्तै सदस्य मित्रलाल वि.क, दोर्ण बहादुर वि.क, रविलाल नेपाली, कमानसिहं सार्की, चक्र मिलन वि.क, कल बहादुर सार्की, जगदीश वि.क, लाल बहादुर वि.क, झुपलाल दमाई, बुद्विराम परियार, चन्द्रकला वि.क, लक्ष्मी नेपाली, रेखा वि.क, कमला परियार, लक्ष्मी वि.क र सरिता नेपाली रहेका छन् ।
दलित जेष्ठ रविलाल नेपालीको अध्यक्षता एंव दंगीशरण गा. पा वडा नं. २ का वडा अध्यक्ष डम्बर खत्रीको विशेष उपस्थितिमा दलित सेवा कला केन्द्र गठन भएको हो ।

 

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्