दंगीशरण १ का किसानहरुलाई कृषि औजार सामाग्री हस्तान्तरण



No photo description available.

दंगीशरण १ का किसानहरुलाई कृषि औजार सामाग्री हस्तान्तरण गरिएको छ । दंगीशरण गाउँपालिकाका काउलि कृषक समुह दंगीशरण १ रामपुरको आयोजना तथा दंगीशरण गाउँपालिकाको ५० प्रतिशत आर्थिक सहयोगमा मकै पकेट कार्यक्रम कृषि औजार सामाग्री हस्तान्तरण वडा नं १ का कृषकहरुलाई हस्तान्तरण गरिएको हो ।

संघिय कार्यक्रम अनुसार कृषि समुहरुको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषी औजारहरु हस्तान्तरण गरीएको दंगीशरण कृषि शाखा प्रमुख सरु भुषालले जानकारी दिनुभयो । दंगीशरण वडा नं. १ स्थित काउलि कृषि समुह,त्रीमुर्ती कृषि समुह,सिद्धबाबा कृषि समुह,र श्रीजना कृषि समुहका सदस्यहरुलाई कृषि औजार सामाग्री हस्तान्तरण गरीएको हो ।

विभिन्न कृषि समुहबाट आएका किसानहरुलाई कम्बाइल मिल ७ वटा,३ वटा पम्पसेट,१ एच पि १३ वटा, २ एच पि २ वटा, ठुलो त्रीपाल ४० थान,सानो त्रीपाल ६० थान, ज्याप पलास्टर २ वटा, कर्णसेलर १ वटा लगाएतका सामाग्री समुहहरुलाई हस्तान्तरण गरीएको हो ।

No photo description available.

कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतीथी सम्भु गिरीले आफुहरु अफ्नो पालिकाको कुन वडामा कुन कृषि सम्भावना रहेको छ त्यसको मुल्यांकन गरी कृषि पकेट कार्यक्रम अगाडी बढाइरहेको बताउनुभयो । वडा नं. १ को रामपुर मकै पकेट कार्यक्रमको लागी उपयुक्त स्थान रहेको बताउदै त्यहाँको माटो मकैका लागी उत्पादनशिल रहेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीले आफ्नो वडा कृषिको उर्भर वडा रहेकाले पनि वडाबाट छुटाइने बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

कृषि औजार हस्तान्त्रण कार्यक्रम काउलि समुहका छिपेन्द्र चौधरीको अध्यक्षता मा कृषि औजार सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्