
गढवा गाउँपालिका ५ सिमलतारा उद्यमी महिला समूहले आर्थिक सशक्तिकरणका लागि पहिलो पुस्ताका १९ सदस्यलाई बाख्रा उपहार स्वरूप हस्तान्तरण गरेको छ।
ग्रामीण महिला उत्थान केन्द्र, हेफर प्रोजेक्ट नेपाल र गढवा गाउँपालिकाको सहकार्यमा सञ्चालन भिटा परियोजना अन्तर्गत उक्त कार्यक्रम आयाेजना गरिएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि गढवा गा.पा. अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उक्त बाख्रा वितरण गर्नु भएको हाे ।
समूहका सदस्य बहिनि समूहलाई जीविकोपार्जन गर्न सिकाउने उद्देश्यसहित बाख्रा वितरण गरिएको आयोजकले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते शुक्रवार

