
दाङमा विभिन्न मुद्दामा फरार रहेका ११ जना प्रतिवादी पक्राउ परेका छन्। मंसिर २० देखि २६ गतेसम्म प्रहरीले सञ्चालन गरेको खोजतलास अभियानमा लुकीछिपी बसेका प्रतिवादीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताउनुभयाे।
फरार प्रतिवादीलाई पक्राउ गरी दाङ जिल्ला अदालतमा बुझाइएको र उनीहरूबाट करिब ६६ हजार १६८ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। साथै, तोकिएको ४ वर्ष ९ महिना १७ दिन कैद सजाय कार्यान्वयनका लागि अदालत पठाइएको छ।
प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन र न्यायिक प्रक्रियाप्रति जनविश्वास बढाउन खोजतलास तथा निगरानी अभियान निरन्तर चलाइनेछ।
प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते शुक्रवार

