उच्च अदालत तुलसीपुरका प्रमुख न्यायधिस नित्यानन्द पाण्डेले पत्रकारले सत्यमा रहेर मात्र कलम चलाउनुपर्ने बताउनुभएको छ । सुचना एक शक्ति भएकोले सुचनाकाे दुरुपयोग भएमा ठुलाे क्षति बेहाेर्नुपर्ने बताउनुभयाे ।
पत्रकारहरु बिबिध क्षेत्रमा पहल गर्ने काम गर्नपर्ने साथ सामाजिक सुधारकाे अभियानमा लाग्नुपर्ने भन्दै भन्दै समाजिक, आर्थिक, राजनैतिक, प्रशासनिक र अन्य क्षेत्रमा हुने बिभेदको अबलम्वन गर्दै र सत्य तथ्य समाचार प्रकाशन गर्नुपर्ने बताउनु भयो ।
एचआर मिडिया हाउसद्वारा संचालित इगल खबरको पहिलो वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि समेत रहनु भएका न्यायधिस पाण्डेले यस्तो बताउनुभएको हाे ।
उहाले भन्नुभयाे -“अदालतकाे बिषयमा छलफल, प्रकाशन गर्न नहुने हाेइन, अभिब्यक्ति स्वतन्त्रता काे पालन गर्दै सत्य र तथ्य लेख्नुहाेस् । न्यायिक प्रक्रिया अनुशार काम भएको छ । काेहि बिचलन भएमा सुचना दिनुहाेस् म त्यसकाे पहल गर्न तयार छु र तपाईंहरु कलम चलाउनुहाेस् । अदालतका विषयमा सत्य, तथ्य र ठोस कुराको अध्ययन गरेर मात्र समाचार लेख्नुहाेस् ।”
तुलसिपुर उपमहानगरपालिकाका कार्यबाहक प्रमुख भिम याेगिले नेपालको व्यवस्था परिवर्तनमा पत्रकारहरुको कलम र विचारले सम्भव भएको बताउनु भयो । उहाले याे राष्ट्र याे देश र समाजका लागि पत्रकारले आफनाे उतणतदायित्व सम्झेर झक्झक्याउनुपर्ने र बिकशित कामलाई उजागर गर्नुपर्ने बताउनुभयो ।
यस्तै कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले पहिराेकाे जाेखिममा परेकाे कपुरकाेट गाउपालिकामा हुने मानविय , भाैतिक क्षतिमा मलम लगाउने काम गरेकाे भन्दै अनुकरणिय अभ्यासमा सहयाेग गरिरहेकाे भन्दै साथ सहयोग गर्ने एचआर मिडियालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
पत्रकार महासंघ दाङका सह – सचिव दिप्तिशिखा चाैधरी हरेक पत्रकार पत्रकारिता अशल पत्रकार बन्नका लागि पत्रकारिताकाे आचार संहिता भित्र रहेर काम गर्नुपर्ने बताउनुभयाे ।उहाँले भन्नुभयो “पत्रकारिताले प्रत्यक्ष समाजका भत्केका बाटाघाटा टाल्दैन । चर्केका सार्वजनिक सम्पत्तिहरु जोड्दैन । तर सम्बन्धित निकायलाई जवाफदेही बनाउँछ । आवश्यक सूचना सम्प्रेषण गर्छ । समाजलाई सूचित गर्छ । राम्रो काममा लाग्न उत्प्रेरणा गर्छ ।”
साे अवसरमन प्रेस युनियन दाङ का अध्यक्ष नारायण खड्का,प्रेस चाैतारि लुम्बिनी प्रदेशका काेषाध्यक्ष आेपेन्द्र बस्नेत,प्रेस सेन्टरका दिपक बाेहाेरा ,दलित महिला संघका अध्यक्ष युवा करारा,समाजसेवि पदम पाेख्रेल, युवा ब्यवसायि दिपक के सि लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियाे ।
एच.आर मिडिया हाउसकी अध्यक्ष निमा रानाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा याेगदान पुर्याएका र सहयाेग गर्ने ब्यक्तिहरुलाइ सम्मान गरिएको थियाे ।
कार्यक्रमकाे शहरीकरण इगल खबरका प्रबन्धक निर्देशक एचआर मगरले गर्नुभएको थियो । साे अवसरमा सस्थाले एक बर्षमा गरेकाे कामकाे विवरण भिडियो मार्फत प्रस्तुत गरिएको थियो ।