“पत्रकार महिलाहरूका चुनौती र लैंगिक समानताको आवश्यकता”का विषयमा अन्तक्रिया




दाङको घोराहीमा पत्रकार महिलाहरुसंग समानता र समावेशीताका लागि महिला सञ्चार शक्तिका विषयमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

साे अवसरमा सहभागी पत्रकार महिलाहरूले सामाजिक समावेशीकरण र समानतका विषयलाई उठाउँदै गर्दा मिडिया हाउसहरुमा लैंगिक समानता कायम हुन नसकेको बताएका थिए । राज्यले नै नीति निर्माण कार्यान्वयनमा कञ्जुस्याइ गरेकाले समावेशीता र समताका आधारमा पत्रकारितामा महिलाको सहभागिता अझै पनि चूनौतीपूर्ण बन्दै गएको उनिहरुकाे धारणा थियाे ।

कार्यक्रममा प्रमुख अतिथी घाेराहि उपमहानगरपालिका उपमेयर हुमा डिसीले कामको मुल्यांकन र अवस्था पहिचान गरी पत्रकार महिलाहरुको स्थायीत्व कायम गर्न प्रतिवद्ध भएर  लाग्नुपर्ने बताउनुभयो । पत्रकार महिलाहरुका सवालमा राज्य संवेदनशील बन्नुपर्ने उहाँको धारणा थियाे ।

प्रेस काउन्सील नेपालका केन्द्रीय सदस्य शरद अधिकारीले पत्रकारिता, त्यसको उपलव्धी के ? पत्रकार महिलाहरुकाे समस्या , गुणस्तर र सख्या घट्नुकाे कारण यस बिषयमा छलफल र समिक्षा गर्नुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकार महिलाको सँख्यामा कसरी बृद्धि गर्ने ? उनीहरुको स्थायीत्व कसरी कायम राख्ने ? भन्ने विषयमा सञ्चारगृहले ध्यान दिनुपर्ने बताउनुभयाे ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लिला शाहले महिला पत्रकारहरुको क्षमता र दक्षतामा प्रश्न उठ्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी निर्वतमान महिला उपाध्यक्ष चुमा आचार्य, पत्रकार महासंघ दाङका सह सचिव दिप्तिशिखा चाैधरी, डब्लुडब्लुजेकी जिल्ला अध्यक्ष रोशनी शाह, पत्रकार सपना बोहोरा, यमकला भूसाल लगायतले क्षमता  र दक्षतामा प्रश्न पठाउँदा पत्रकार महिलाहरुको इच्छाशक्ति र मनोवल कम हुँदै गएको बताएका थिए । महिला र पुरुष भएकै कारण समान कामको समान पारिश्रमिक नहुँदा पत्रकार महिलाहरु सञ्चार क्षेत्रबाट पलायन हुनुपर्ने बाध्यता रहेको उनिहरुकाे धारणा थियाे।

ग्लोबल एटुजेड कन्सल्टेन्टका कार्यकारी निर्देशक प्रदिप मजगैँया, नेपाल पत्रकार महासंघ  दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसी, नयाँ युगवोध दैनिककी सम्पादक लक्ष्मी आचार्यले लैंगिक समानता र सामाजिक समावेशीकरण, सञ्चारमाध्यममा महिलाको भूमिका , अवस्था र चुनौतीका बारेमा जानकारी गराउनुभएकाे थियाे ।

नेपाल वान एचडी सञ्चालक मोनिका सिंहले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएकाे थियाे।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका निर्वतमान अध्यक्ष निर्मला गौतमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण संस्थाकी सचिव माया पोख्रेलले गर्नु भएको थियाे ।

ग्लोबल एटुजेड कन्सल्टेन्टको आयोजना एवम् मानव कल्याण समाज तथा वातावरण संरक्षण केन्द्र दाङ र नेपाल वान एचडीको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्