दंगीशरणका दुई सामुदायीक बिधालयमा अनुरास्ववियु कमिटि गठन



May be an image of 10 people, people standing and outdoors

दंगीशरण गाउँपालिकाका दुई सामुदायीक बिधालयहरुमा आज  अनुरास्ववियु कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियु दंगीशरण गाउँ कमिटीको आयोजनामा भानु मा.वि. प्रसडुवा र श्री सिद्ध पृथ्वी जनता मा.वि. श्रीगाउँमा कमिटी गरिएको हो ।

May be an image of 16 people, people standing and outdoors

श्री सिद्ध पृथ्वी जनता मा.वि श्रीगाँउमा अभिषेक वलीको अध्यक्षतामा २६ सदस्यीय रहने गरि कमिटी गठन भएको छ । जसको उपाध्यक्ष मनिषा अधिकारी , सचिव भुवनसिहं वली, सह – सचिव मोहन डाँगी, प्रतीक्षा केसी र कोषाध्यक्ष गरिमा कवर रहेका छन् । यस्तै भानु मा.वि प्रसडुवामा रेशम पुन मगरको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्ष अन्जली परियार, सचिवमा बुद्धिराम खड्का, सह – सचिव कमल परियार, विष्णु खड्का र कोषाध्यक्ष अस्मिता चौधरी रहेका छन् ।

 

May be an image of 11 people and people standing

अनेरास्ववियु दंगीशरण गाउँ कमिटीका अध्यक्ष .खुसिराम चौधरीको अध्यक्षतामा कमिटी गठन गरिएको हो । कार्यक्रममा अनेरास्ववियुका पुर्व नेता ईश्वरी गौतम , अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा दंगीशरण ईन्चार्ज सि.एम विश्वकर्मा, राष्ट्रिय युवा संघ नेपाल दंगीशरण गाउँ कमिटीका उपाध्यक्ष जेनिश कवर, सचिव सागर रोका , अनेरास्ववियु गाउँ कमिटी सदस्य तथा शैक्षिक विभाग प्रमुख सुधा योगीको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्