पत्रकार महासघं दाङको स्थापना दिबसमा रक्तदान



No description available.

नेपाल पत्रकार महासघं दाङले ३० औ स्थापना दिबसको अबसरमा आज घोराहिमा रक्तदान कार्यक्रम गरेको छ । आज शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रम गरेको हो । सो अबसरमा १० जना पत्रकारहरुले रक्तदान गरेका छन ।
रक्तदान गर्नेहरुमा जनक नेपाली,रोम थापा,हेमराज परिवर्तन,दशरथ घिमिरे,बिमला घर्ती,टोपेन्द्र रोका,गिरिराज नेपाली,यमकला भुसाल,दिनेश चौधरी र सन्तोष सुबेदिले रक्तदान गरेको उक्त कार्यक्रम संयोजक गरिराज नेपालीले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा सल्लाहकार सुदीप गौतमको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रमको सहजिकरण सचिव आर।के।शीतलले गर्नुभएको थियो।

यसैबीच स्थापना दिबसका अबसरमा भोली पुस २ गते पत्रकार महिलाहरु बिच घोराहीमा मैत्रीपुर्ण फुटसल,३ गते खाद्यान्न सामाग्री वितरण गर्ने कार्यक्रम तय भएको छ भने पुस ४ गते तुलसीपुरमा साधारणसभा कार्यक्रम हुनेभएको छ ।

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्