वायु प्रदूषण बढ्दो, सतर्कता अपनाउन आग्रह




केही दिनयता  वायु प्रदूषण बढ्दै गएको छ। लामो समयसम्म पानी नपर्नु र मौसम धुम्मिँदै जानु यसको मुख्य कारण रहेको बताइएको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नहुँदा र मौसम खुल्न नसक्दा प्रदूषणको मात्रा बढेको बताउँदै यस्तो अवस्थामा अनावश्यक रूपमा घरबाहिर ननिस्कन र बाहिर निस्कँदा माक्स प्रयोग गर्न आग्रह गर्नुभएको छ।

एक्यूआईको मापदण्डअनुसार १५१ देखि २०० सम्मको स्तरलाई ‘सबैका लागि अस्वस्थ’ मानिन्छ।
एक्यूआई ० देखि ५० सम्म ‘राम्रो’, ५१ देखि १०० ‘सचेत रहनुपर्ने’, १०० देखि १५० ‘अस्वस्थ’, १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ श्रेणीमा पर्ने गर्दछ।

हावा चल्ने वा पानी परेमा मौसम खुल्ने र प्रदूषण कम हुने सम्भावना भए पनि तत्काल मौसम सुधार हुने संकेत देखिएको छैन। विभागले वायु प्रदूषण बढिरहेको अवस्थामा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्