बिजौरी उवासंघले भूकम्प पीडितका खाद्यान्न सामाग्री सहयोग गर्ने 



 

बिजौरी उद्योग बाणिज्य सघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि खाद्यान्न सहयोग गर्ने भएको छ । सघको सोमबार बसेको आकस्मिक बैठकले भूकम्प पीडितका लागि तत्काल ५१ हजार बराबरको खाद्यान्न सामाग्री निर्णय गरेको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त खाद्यान्न सामाग्री जिल्ला प्रसासन दाङलाई हस्तान्तरण गरि समन्धित जिल्लामा पठाउने घोषणा गरिएको छ । संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा बसेकाे बैठकले भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिम ठुलो मात्रामा जनधनको क्षति भएकाे प्रति दुःख व्यक्त पनि गरेकाे छ । साथै सघले राहत सङ्कलन कार्यमा सहभागी भई सहयाेग पुर्याउन सबैलाई अपिल समेत गरेकाे छ ।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्