लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिद मनाेज-झपेन्द्र-सुरेन्द्रकाे शालिक अनावरण गर्नु भएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सन्धिखर्क नगरपालिका-६ नरपानीमा मनाेज-झपेन्द्र-सुरेन्द्र स्मृति पार्क निर्माणगरि शालिक निर्माण गरेकाे छ ।
मुख्यमन्त्री आचार्यले सहिदकाे शालिक अनावरण गर्दै परिवर्तन र समानताकालागी दिएकाे बलिदानीले मुलुकलाई नयाँ गन्तव्यमा लगेकाे बताउनु भयाे ।
`मुलुककाे विकास र समृद्धिकालागी सहिदहरुले देखेका सपना पुरा गर्न सरकार प्रतिबद्ध छ´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`सहिद पार्क निर्माण गरेर सहिदहरुकाे याेगदानलाइ स्मरणीय र पुस्तान्तरण गर्न सहयाेग पुगेकाे छ । समाज र राष्ट्रले सधैं सम्झिरहने छ ।´
सहिदहरुप्रति सच्चा सम्मान र देशभक्तिकाे भावना जागृत गराउन सरकारले भूमिका बढाएकाे बताउनु भयाे । सहिद पार्क र सालिक निर्माणबाट सहिदकाे याेगदानलाइ जीवन्त राख्न र नयाँ पुस्तालाई प्रेरणा दिन सकिएको बताउनु भएको हाे ।
लुम्बिनी प्रदेश सरकार जनशक्ति व्यवस्थापनकाे काममा सफलता प्राप्त गर्ने दिशामा अघि बढेकाे बताउनु भयाे । प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनले कर्मचारी व्यवस्थापन, परिचालन र वृत्तिविकासमा याेगदान पुगेकाे बताउनु भयाे ।
प्रदेशमा चार हजार ७८ कर्मचारीकाे दरबन्दि मध्य एक हजार ९ सय कर्मचारी पदपूर्तिकालागी प्रदेश लाेकसेवा आयाेगले आफ्नाे काम अघि बढाएकाले अब प्रदेशमा जनशक्तिकाे अभाव नहुने बताउनु भयाे ।
`पदपूर्ति र बढुवाकाे काम अघि बढेकाे छ । जनशक्तिकाे समस्या समाधान गर्न सरकार सफल हुदैछ´उहाँले भन्नुभयाे-`उपसचिव देखि मुनिका सबै पदमा दरबन्दी पूरा गरेर सेवा प्रवाहलाई गति बढाउछाैं ।´ साथै मुख्यमन्त्री आचार्यले चालू आर्थिक बर्षमा प्रदेशबाट बिनियाेजन भएका बजेट तथा कार्यक्रमकाे कार्यान्वयन र अनुगमनलाइ स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी तहबाट पनि ध्यान दिन आग्रह गर्नु भयाे ।
निजामती कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष गणेशप्रसाद अधिकारीकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निजामती कर्मचारीका साथै राजनीतिककर्मि, सामाजिक अभियानकर्मि, जनप्रतिनिधि लगायतकाे उपस्थिति थियाे ।