युवा उत्सवमा युवाहरुकाे सहभागिता उल्लेख्य हुनुपर्छ : घनश्याम पाण्डे



नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेले यहि बैशाख ११ गते काठमाडौंमा हुने युवा उत्सवमा दाङबाट उल्लेख्य मात्रामा युवाहरुकाे सहभागिता हुनुपर्ने बताउनुभएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पाण्डेले दाङका दस वटै पालिकाबाट युवा सहभागीता अनिवार्य हुनुपर्ने बताउनुभयो । बबई गाउँ कमिटिकाे बैठकलाई सम्बाेधन गर्दै पाण्डेले यस्तो बताउनुभएको हाे । उहाँले कार्यक्रम सफल बनाउन अहम भुमिका खेल्न दाङबासि पार्टीका जिम्मेवार ब्यक्तिलाइ आग्रह समेत गर्नुभयो । उहाँले युवाहरु जाेस जागरका साथ देश बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

“पार्टीलाई बलियाे बनाउन, जागरुक बनाउन पार्टी पंक्ति तदारुकताका साथ लाग्नुपर्ने बताउनुभयो । बबई गाउँपालिका बाट युवाहरुकाे व्यापक सहभागिता हुनुपर्छ । यसका लागि केही दिन भित्रमा पार्टी सदस्यता नविकरण, सदस्यता वितरण , टाेलस्तरका कमिटी गठन, जरा अभियान संचालनलाइ निरन्तरता दिनुहाेस् ।”- उहाँले भन्नुभयो ।

साे अवसरमा पार्टीका जिल्ला अध्यक्ष शिबकुमार आचार्यले पार्टीलाइ कसरी अगाडि बढाउने, जनतामाझ लाेकप्रिय बन्न जनतामुखि कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । जरा अभियान जनतामुखि कार्यक्रम भएकोले याे अभियानलाइ सेलाउन नदिने बताउनुभयो ।

गाउँ कमिटी अध्यक्ष टंकराज बिश्वकर्माको अध्यक्षतामा बबई गाउँ कमिटिकाे बैठक सम्पन्न भएको हाे । साे अवसरमा बबई गाउँ पार्टीका विभिन्न नेकपा एमालेका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्