बिबादित भईरहने प्रकाश सपुतको सकम्बरी प्रतीको धारणा



No description available.

No description available.

जबसम्म तपाईं हामी घर देखि परसम्म आदरणीय आमा, दिदीबहिनी,जीवन सङ्गिनी र छोरीहरूलाई हृदय देखि इज्जत,सम्मान,आदर गर्दैनौ, सह अस्तित्वलाई समभावका रुपमा स्वीकार गर्दैनौ, समानुभूती प्रकट गर्दैनौ, आचरणमा,व्यबहारमा पुरुष एकाधिकार, पुरुष दबदबा र पुरुष अहम्बाट ग्रसित भइनैरहन्छौ तबसम्म हामीले रच्ने र कथ्ने कथा, कविता, गीत सङ्गीतको चरित्र चित्रणमा महिलालाई अबला, बेसहारा,बिचरा,निरिह,कठपुतली र भोग्या बस्तुको रुपमा अर्थ्याइरहन्छौ। छिन छिनमा, पटकपटक उनको स्वाभिमानमा ठेस पुग्ने हिंसाजन्य हर्कत गरिरहन्छौ।

निश्चयनै प्रकाश सपूत एक मेधावी र प्रतिभा सम्पन्न चर्चित कलाकार हुन् तर उनी समाजको भौतिक प्रतिबिम्ब उतार्ने नाममा किन पटकपटक विवादीत हुन्छन् रु महिलाको चरित्र, अस्तित्व र स्वाभिमान प्रति नासमझ र नामालुमका रुपमा संवेदनहीन बनी अनावश्यक शंका, गैर जिम्मेवार र बेसोमती रबैया अपनाउन पुग्छन् रुउनी जस्तो सचेत र सिर्जनात्मक स्वभावको मान्छेको मन भित्र किन आमाहरूले, दिदिबहिनीहरुले,जीवन सँगिनी र छोरीहरूले घर देखि पर सम्म विभिन्न जिम्मेवारीमा रहि पुर्याएको गहन योगदानका कथा पस्कन झिंझट र अल्छि मान्छरु महत्त्वपूर्ण सवाल यो यसर्थ किस उनी बिचार प्रधान भन्दा पनि बढी भावना प्रधान, बहकाउ र बजारको क्षेत्रलाई बढ्ता वास्ता र ख्याल बिचार राख्छन् अनि सन्देश दिने नाममा चिप्लिन्छन् र विवादीत हुन्छन्।

सकम्बरी नामक भिडियो प्रस्तुतिमा पनि उनले महिलालाई एक वस्तु, बजारको माल र भोग्याको रुपमा अर्थ्याएका छन् जुन निन्दा योग्य छ।हाम्रो शुभेच्छा छ,आगामी दिनमा उनि सच्चिने छन्,सच्याउने छन् ,आफ्नो सिर्जना र रचनात्मक स्वभावको माध्यमबाट उनले समाजको हितको खातिर सकारात्मक सन्देश प्रवाह गर्नेमा कला, गला पस्किने छन् ,समय खर्चिने छन्।

प्रकाश अबश्य प्रतिभाशाली कलाकार हुन तर उनका प्रस्तुतिमा जहिल्यै महिलालाई अबला , पर निर्भर र बजारको बिकाउ माल बनाएका छन् ।महिलाले रातमा आफ्नो कला पस्कदा यौनलाई प्राथमिकता दिन्छन् भन्ने उनको मकशद संग गम्भीर आपत्ति छ।किन उनी आफ्नो सिर्जना र रचनामा महिलाको संघर्षका कथा पस्कन कन्जुस्याइँ गर्छन् भन्ने मात्र हो।हामी कामना गरौं आगामी दिनमा उनी सच्चिने र सच्याउने छन् ।

हार्दिक शुभकामना। धन्यवाद।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्