दंगीशरण महोत्सवमा आज राजु परियार लगायतका कलाकारको प्रस्तुति



दाङको दंगीशरण गाउँपालिका–६, बागरमा जारी दोस्रो दंगीशरण कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सवमा आज (आइतबार) चर्चित गायक राजु परियारलगायतका कलाकारहरुले प्रस्तुति दिने भएका छन्।

महोत्सवका संयोजक अजय बुढाथोकीका अनुसार आजकाे विशेष प्रस्तुतीमा राजु परियारसँगै निशान्त विश्वकर्मा, गोमा हिमानी, आरजे रासकोटी, राजेन्द्र परियारलगायतका कलाकारहरु सहभागी हुने छन्।

फ्रेन्डस स्केट जोन प्रालि नारायणपुरको आयोजना र मितेरी युवा क्लब तुलसीपुरको सहआयोजनामा महोत्सव सञ्चालन भइरहेको छ। महोत्सवको संरक्षक दंगीशरण गाउँपालिका र गाउँपालिका–६ वडा कार्यालय रहेको छ।

स्थानीय उत्पादनलाई बजारीकरण गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्