तीन समुहको वार्षिक समूह सभा दंगीशरण ३ मा सम्पन्न



समृद्ध समाज दंगीशरण अन्तर्गत पर्ने तीन वटा समुहको वार्षिक समुह सभा आज दंगीशरण ३ रावतगाउँमा सम्पन्न भएको छ । रावतगाउँको पारगाउँमा गठित त्रीवेणी,सुर्यमुखी, वाटिपौवा समुहको सामुहिक वार्षिक सभा सम्पन्न भएको हो । सभामा सुर्यमुखी समुहका अध्यक्ष प्रदेशि चौधरीले वार्षिक प्रगती प्रतीवेदन र विपना चौधरीले आर्थीक प्रगती प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतीथी दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले महिलाहरुको क्षमता विकाशका लागि गाउँपालिकाले विविध कार्यक्रम तयार पारेको भन्दै अवका दिनमा महिला शसक्तिकरणका कार्यक्रमहरुमा महिलाहरुको उल्लेख्य रुपमा सहभागिता गराउँनुपर्ने बताउँनुभयो । घर देखि सभ्य समाजको निर्माण महिलाले गर्ने भएकाले पनि आगामि दिहरुमा महिलाहरुको शसक्तिकरणमा गाउँपालिकाले विषेश कार्यक्रम संचालन गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा वडा न. ३ का वडा अध्यक्ष सुकलाल चौधरी,, गाउँपालिका सुचना अधिकृत टेक बहादुर खत्री, समृद्ध समाज दंगीशरणका अध्यक्ष दिलकुमारी वि.क, नेपाल पत्रकार महासंघ दाङका सह सचिव दिप्तीशिखा चौधरी, कृषि शाखाका मान बहादुर डांगी, सिडका सिता चौधरी, ईश्वरी कँडेल, हरीयाली समुहका मञ्जु चौधरी, सगरमाथा समुहका सुष्मा चौधरी, ठाटिपौवा समुह प्रमिला चौधरी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । समुहकि अध्यक्ष पार्वता कँडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । देवा भण्डारीको स्वागत मन्तब्य र तेज कुमारी चौधरीको स्वागत गित बाट शुरु भएको सभाको सहजीकरण सरीता चौधरीले गरेकि थिईन । समृद्ध समाज दंगीशरणले गाउँपालिकाको सात वटै वडामा रहेर ५१वटा समुह गठन गरि विविध सामाजीक कार्यमा टेवा पु¥याउदै आएको छ ।

प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्