देशभक्ति चलचित्र काडेतारको बहस हुन जरुरी छ ः नायक नवल खड्का

फागुन २५ गतेबाट प्रदर्शन हुने


No description available.

चलचित्र निर्माता तथा नायक नवल खड्काले चलचित्र काँडेतार देशभक्ति चलचित्र भएको बताउनुभएको छ । घोराहीमा हुने चलचित्र काँडेतारको च्यारिटीशोका लागि दाङ आउँनुभएका नायक खड्काले चलचित्रमा माटो र मान्छेको परिचय नेपालको सिमा,सुरक्षाका विषयमा शन्देस दिन खाजेको बताउँनुभयो । देशका जनप्रतिनिधिहरु के गरिरहेका छन् भन्ने बिषयलाई उठान गरेको बताउँनुभयो ।

चलचित्र पत्रकार संघ दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले देशको खुला वोर्डरले ठुला ठुला अपराधिक घटनाहरु, मानव बेचबिखन, मानव तस्कर, राजश्वस छली भईरहेको, युवाहरुको संरक्षण गर्नुपर्ने सन्देश चलचित्रले दिएको बताउनुभयो । यस्तै नेपालको स्वाधिनता, सान मान मर्यादा खोसीने अवस्था आउन दिन हुदैन, देशभक्तहरु हार्न हुदैन भन्ने शन्देस चलचित्रले दिन खोजेको बताउँनुभयो । नेपालमा ६० वर्षको चलचित्रको ईतिहासमा काँडेतार जस्तो फिल्म अहिलेसम्म बन्न नसकेको भन्दै भाषा, जात, धर्म सबै देशको गतिविधी समेटिएकोले फिल्म रिलीज पश्चात राष्टियताका कुराहरु बहस हुन जरुरी रहेको जिकीर गर्नुभयो ।

कार्यक्रममा काँडेतारका नायक प्रशान्त यादवले यही फागुन २५ गतेबाट प्रदर्शन हुने चलचित्र काँडेतार रिलिज भईरहेको बताउँनुभयो । उहाँले देसका विभिन्न ठाउँमा च्यारिटी सो सम्पन्न भएको र केही ठाउँमा भएरहेको बताउँनुभयो । करिब ७० भन्दा बढी च्यारिटी सो सपमन्न भएको मा दाङ मा भने माघ १३ गते हुँदै छ । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्