श्रमीकलाई थाहा नै छैन “ श्रमीक दिवस ”

श्रमिकको पिडा बुझ्न मानव अधिकार तथा शान्ती समाज पुग्यो वगरमा


No description available.

तुलसीपुर पातु खोलामा गिट्टी कुट्नेहरुलाई महिला श्रमीक दिवस भन्ने थाहा नै हुदैन । उनीहरुलाई साझ विहानको छाक कसरी टार्ने भन्नेमा मात्र ध्यान हुन्छ । बच्चाहरुलाइ पढाउँने भन्दा पनी के खुवाउँने भन्ने चिन्ताले सधैँ पिरोलीरहन्छ । जिवन दुःख मात्र हो । उनीहरुको भोगाई बुझाईले यहि भन्छ ।

राजकुमारी चौधरी गिट्टी कुट्ने महिला श्रमीक हुन् । गिट्टी कुटेर जिवीकोपार्जन गरिरहेकि चौधरीलाई जिवन धान्न धौँ धौँ छ । “भनेको मुल्यमा जादैन २ हजार टिप गिट्टी पनी मुल्य घटाएर लग्छन् । ” चौधरीले भनीन् – “आज श्रमीक महिला दिवस हाम्रो घर ती आएर त कार्यक्रम गर्नु भो तर हाम्रा पिडा दुख उस्ता उस्तै छन् ।” महिला श्रमीक दिवश मनाउँन पातुखोला वगरमा पुगेकाहरु संगको गुनासो थियो चौधरीको ।

गोमा वि.क वगरमा गीट्टी कुट्न थालेको २९ वर्ष पुग्यो तर उनीलाई कुनै दिवशले छोएन । २९ वर्ष पहिले ३ सय रुपैँया टिप गिट्टी बेचेर परिवार पाल्ने गरेकि वि.क आज भोली २ हजार टिप गिट्टी बिक्री गर्छिन । “हरेक वस्तु किनेर खानुपर्छ एक हप्ता भन्दा धेरै लाग्छ एक टिप पु¥याउँन कसरी बाच्ँनु गाह्रो छ नानी हामीलाई बाच्ँन । “नत स्थानीय सरकार हाम्रो दुख वुज्छ नत कुनै संघसस्ंथा जेनतेन बाचेका छौँ ।” वि.क.ले दुखेको पोखिन ।

No description available.

No description available.

डल्ली परियार र सिता वि.क.को कहानी पनी उस्तै उस्तै हो । गिट्टी कुट्ने छाक टार्ने तर भनेको मुल्यमा विक्री गर्न नपाउँने । आफनो काम र पेसा प्रती आजीत छन् । तर अरु के गर्ने ? न घरबास छ न पेट भर्ने छाक । लस्करै पातुखोला वगरमा टिनले छाएका एक कोठे घर छन् । “सरकार छ ,  नेता छन् । तर आफनै लागि  । हाम्रो दुःख  बुझ्न कहिल्यै आउँदैनन् । हामी महिला मान्छे कसरी गिट्टी कुट्छम हाम्रो पिडा हामीलाई मात्र थाहा छ । ” डल्ली परियार दुःख बिसाईन् ।

No description available.

No description available.

मानव अधिकार तथा शान्ती समाज दाङ शाखाले ११३ औँ श्रमीक दिवश मनाउँन तुलसीपुर ५ स्थीत पातुखोला वगरमा बस्ने श्रमीक महिलाहरु काहा पुगेको थियो । शाखाका सभापती नवीन कुमार पोख्रेल , तुलसीपुर उपमहानगरपालीकाका उप प्रमुख स्यानी चौधरी , मानव अधिकारकर्मी निर्मल नेपाली, सुशिल वस्नेत, डिल्लीराज धिताल, टिकाराम रेग्मी, युवा करारा, सुष्मा लामीछाने गिरि, भिम मरासीनी, मधुसुदन गौतम, पद्मा चौधरी लगाएतको टोली पुगेर महिला अधिकार, मानव अधिकार सामान कामको समान ज्याला विषयक साक्षात्कार कार्यक्रमको आयोजना गरेको थियो ।

No description available.

No description available.

कर्यक्रममा बोल्ने बक्ताहरुले श्रमीक महिलाहरुको पेसाप्रती गम्भीर भएर सोच्न स्थानीय सरकारलाई आग्रह गरेका थिए । महिलाहरुको शारीरीक समस्यालाई मध्यनजर गर्दै काम गर्ने सामग्री उपलब्ध गराउँन माग गरेका थिए । साथै बाच्ँन पाउँनुपर्ने अधिकार सुनीश्चित गरि सामान कामको समान ज्याला निर्धारण गर्न आग्रह गरेका थिए । कार्यक्रममा उपमेयर चौधरीले यस विषयमा आफु गम्भीर भएर लाग्ने प्रतिवद्धता जनाउँनु भएको थियो । उहाँले आफुले कसैको पनि दुःख टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै जती सक्दो आफनो तर्फ बाट सहयोग गर्ने जनाँनुभयो ।

No description available.

कार्यक्रमको शहजीकरण  सस्ंथाका सह सचिव   माधव वस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्