नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झाले अव हरेक नागरीकहरु समक्ष पुग्ने उद्धेश्यले मिडियामुखी हुनका लागि राससले २४ घण्टा सेवा दिने बताउँनुभएको छ । दैनीक १ सय वटा समाचार उत्पादन गर्ने गरि श्रमजीवी पत्रकार ऐन अनुशार हु वहु समाचार सम्प्रेषणमा कमी ल्याउँने राससको अवको उद्धेश्य रहेको बताउँनुभयो । सञ्चार माध्यमका प्रकाशक र सम्पादकहरूमाझ तुलसीपुरमा भएको भेटघाट कार्यक्रममा झाले देशैभरका सञ्चार माध्यमलाई सचेत गराउन जिल्ला दौडाहमा हिँडेको बताउनुभयो ।
कपी पेष्टका कारण धेरै समस्या आउँन सक्ने भन्दै अवका दिनमा समाचार कपि गरेकै कारण संचार माध्यमलाई कारवाही गर्नुपर्ने अवस्था नआओस् भन्नका लागि संचार माध्यमलाई परिवर्तन गर्नका लागि आफु देशभरका मिडिहरुसंग छलफलका कार्यक्रम लीएर हिडेको बताउँनुभयो ।
दाङका २र४ वटा मिडियाले मात्रै राससका समाचार किने पनि अधिकांशले अनधिकृत रुपमा राससले उत्पादन गरेको समाचारहरू हुबहु कपी गर्ने गरेको अध्यक्ष झाको भनाई थियो ।उहाँले राससले उत्पादन गरेका समाचारहरु किनेर प्रकाशित गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतमले राससले प्रदेश स्तरमा विक्रीवितरणका लागि प्रादेशिक वुलेटिन प्रकाशित गर्नुपर्ने र आफना सेवाग्राहि तथा संचार माध्यमलाई क्षमता अभिबृद्धि र ब्यवस्थापनमा ध्यान दिई मिडिया ब्यवस्थापक र बजार ब्यवस्थापन सम्बन्धि तालीम संचालन गर्न सुझाव दिनुभयो ।
रासले उत्पादन गरेका समाचारको बिक्रीका बारेमा मार्केटिङ प्रमुख राजाराम कार्कीले प्रकाश पार्नुभएको थियो । मार्केटि कार्कीले प्रमुख राससले काठमाण्डौ बाहिरका एफएम रेडियो र पत्रिकाको हकमा मासिक २७ सय र अनलाइनका लागि ५५ सय रुपैयाँ लिने गरेको जानकारी दिनुभयो । महिला तथा अपांगताहरुले संचालन गरेको मिडियालाई भने विषेश छुट दिने गरेको बताउँनुभयो । तर एक वर्षको अग्रिम शुल्क बुझाएमा १५ प्रतिशत छुट दिने राससले जनाएको छ । रासस संचालन भएको ६२ वर्ष पुगेको अवधिमा समाचारको गुणस्तर कस्तो छ भन्ने विषयमा रचनात्मक सुझाव संकलन लिने उद्धेश्यले देश दौडाहमा हिडेको जनाएको छ ।
सो अवसरमा संचार प्रमुखहरुले राससले मिडिया कसरी संचालन भईरहेको छ भन्ने विषयमा जानकार भएकाले थोरै शुल्क लिएर धेरै मिडियालाई समेट्दा उपयुक्त हुने सुझाव दिएका थिए । भेटघाट कार्यक्रम रासस प्रमुख नारायणी रजौरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।