नवजागरण महिला तथा बाल संरक्षण केन्द्रको बैठक सम्पन्न नँया योजना सहित अगाडि बढ्ने निर्णय



No description available.

नवजागरण महिला तथा बाल संरक्षण केन्द्र  ( न्यु सीपीसी  ) ले  आगामी दिनमा योजनावद्ध तरीकाले अगाडि बढ्ने जनाएको छ । नागरीकहरुसंग प्रत्यक्ष रुपमा जोडिएर सामाजीक कार्यमा सक्रियता देखाउँने जनाएको हो ।

सोमवार कार्यालयमा बसेको बैठकले विविध प्रश्तावनाहरु माथी छलफल गर्दै  संस्था लाई सामाजीकमुखी बनाउँन लागिपर्ने  संस्था का अध्यक्ष नवराज लामिछाने बताउँनुभयो । संस्था का अध्यक्ष लामीछानेको अध्यक्षतामा बसेको बैठकले विभीन्न विषयहरुमा माथि छलफल गरि कार्यक्रम संचालन गर्ने निर्णय गरेको ।

No description available.

जसअन्र्तगत तुलसीपुर उपमहानगरपालीकामा विविध कार्यक्रम सहितको प्रश्तावना सुचीकृत भईसकेको र ३ पालीकाहरुमा योजना बनाई सुचिकृत गर्नका लागि पहल गरीने निर्णय गरेको छ । यस्तै बालमैत्री नगर घोषणा गर्न, कुनै पनी बाल अधिकार दिवस कार्यक्रम संचालन गर्न , वालस्वास्थ्य वालशिक्षाको विषयमा कार्यक्रम गर्न विभीन्न संघ संस्थाहरु संग सहकार्य गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले किशोर किशेरीहरुको विषयमा संजाल गठन गर्ने, मा।वि। सेन्टरलाई नमुना मा.वि. र वालमैत्री विधालयको रुपमा निर्माण गर्न साझेदारी गर्न पहल गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश र केन्द्र सरकार संग योजना माग गर्न प्रतिनिधि मण्डल जाने निर्णय गरेको छ । बैठकले संस्थाको प्राविधिक शाखाका लागि  सल्लाहकारमा प्रभु शाह र वालविज्ञ सल्लाहकारमा कान्तीपुरकर्मी दुर्गालाल के.सी.लाई चयन गर्ने निर्णय गरेको छ ।

बैठकमा संस्था का उपाध्यक्ष विजय के.सी., महासचिव नानीमैँया वली, सहसचिव नारायण प्रशाद रेग्मी, कोषाध्यक्ष शुसील धिताल, सदस्य तुफान बाबु श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्