तुलसीपुर १ कुमाल गाँउ भम्केका एक ब्यक्ति मृत फेला



तुलसीपुरमा एक पुरुष मृत अबस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ कुमाल गाँउ भम्के निवासी ५५ वर्षका लोक बहादुर परीयार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाका अनुशार परीयार आज विहान ९ बजेतिर घर देखि करिब ६ सय मिटर उत्तर तर्फ बाटोमा मृत अवस्थामा फेला परेका थिए ।

परीयारलाई बाटोमा मृत अबस्थामा देखिपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्