नेकपा एमाले केन्द्रीय सदस्य काेमल वलीलाइ मातृशाेक



नेकपा एमालेका केन्द्रीय सदस्य तथा गायिका  कोमल वलीलाई मातृशोक परेको छ । उहाकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो ।

उहाको आज शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा वलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो । दीपा वलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।

दीपा ललित ट्रस्टकी संरक्षक रहेकी दीपा वली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति हुनुभएको थियाे। उहा नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुनुहुन्छ । स्वं  दिपा वलीकाे श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार
प्रतिक्रिया दिनुहोस्