अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि तुलसीपुर र राज एण्ड साथीभाइ यातायात प्रालि मर्ज भएका छन् । राज एण्ड साथीभाइ यातायात प्रा.लि. २०७४ मा स्थापना भएको थियो ।
प्रालि मर्ज भएसँगै शुक्रबारदेखि राज एण्ड साथीभाई यातायात प्रालिका १६ वटा बस अम्बिकेश्वरी सार्वजनिक यातायात प्रालि मार्फत चल्ने भएका छन् । अम्बिकेश्वरी सार्बजनिक राप्ती यातायात प्रा.लि. तुलसीपुर २०६० सालमा स्थापना भएको थियो ।
अम्बिकेश्वरी सार्बजनिक राप्ती यातायात प्रा।लि। तुलसीपुरमा १७५ वटा सवारी साधन सञ्चालनमा रहेको र १६ वटा गाडी थपिएसंगै १९१ सवारीका साधन सन्चालन हुने रहेको अध्यक्ष घनश्याम बस्नेतले जानकारी दिनुभयाे ।
यसअघि अम्बिकेश्वरी सार्बजनिक माइक्रो तथा मिनि बस समिती, सहारा यातायात प्रा.लि. संग मर्ज गरेको थियो । यातायात व्यवसायीहरु बैंकको किस्ता बुझाउन समेत समस्या भएकाले प्रालिहरु एकजुट भएर जानुपर्छ भन्ने उदेश्यले प्रालि मर्ज गरिएको बस्नेतले बताउनुभयो । उहाले अन्य प्रालिहरु मर्ज प्रक्रियामा आउन चाहेको खण्डमा अम्बेकेश्वरीसंग सहकार्य गर्न सकिने बताउनुभयाे ।
अम्बिकेश्वरी सार्बजनिक राप्ती यातायात प्रा.लि. तुलसीपुरले सहारा अम्बिकेश्वरी यातायात बहुउदेश्य सहकारी संस्था गठन भएको छ । सहकारीको दाङ, कपिलबस्तु, प्युठान र बाँके कार्यक्षेत्र रहेको छ ।