
लगातारको वर्षाका कारण दाङ–कपिलवस्तु सडकखण्डअन्तर्गत भाइरल डाँडा नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शनिबार राति करिब ८ बजे पहिरो खसेको हो। पहिरोसँगै सडकमा माटो तथा ढुंगा खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ।
पहिरो गएको स्थानमा इलाका प्रहरी कार्यालय चन्द्रौटाको टोली पुगेर अवस्थाबारे जानकारी लिइरहेको छ। लगातार वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने जोखिम रहेको भन्दै प्रहरीले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।
सडक खुलाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार

