नकारात्मक शन्देस दिने गीत संगीत रोक्न राज्यले नियमन गर्नुपर्छ ः गायक पंगेनी



No description available.

लोक गायक बद्री पंगेनीले समाजमा नकारात्मक शन्देस दिने गीत संगीत रोक्न राज्यको नियमन जरुरी रहेको बताउनुभएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले मगलबार तुलसीपुरमा गरेको साक्षात्कारमा बोल्दै पंगेनीले कलाकार भन्दा पनि यस बिषयमा राज्य आफै गम्भीर हुनुपर्ने बताउँनुभयो।

हामीले स्वविवेक प्रयोग गरेर समाजलाई रुच्ने गीत सङ्गीत सृजना गर्नु उपयुक्त हुन्छ  । कलेजो बिग्रिन्छ भन्ने थाहा हुँदा हुँदै पनि रक्सी खाए जस्तै नेपाली गीत संगीतलाई केही तत्वले विकृति तर्फ धकेल्ने प्रयास गरेको पाएका छौँ यो दुखदायी विषय हो उहाँले भन्नुभयो ।

लोक संस्कृति भित्र भित्रिएको विकृति विसंगती रोक्न विभिन्न विभाग गठन गरी निरन्तर प्रयास भएरहेको अवगत गराउनु भयो। गीत संगीतले समाजलाई सकारात्मक परिवर्तन दिनुको अलावा नकारात्मक संदेश दिदा गीत संगीत प्रति आम नागरिकको वितृष्णा बढ्ने हुँदा समयमा सबै क्षेत्र बट सजगता अपनाउन आवश्यक रहेको बताउनु भयो। चलचित्र पत्रकार संघ दाङ शाखाले कलाकर्मी हरु संग गरेको साक्षात्कार कार्यक्रम प्रति आफू निकै खुसी भएको बताउनु भयो।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा चचिर्त गायिका द्वय रचना रिमाल र सम्झना भण्डारीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव निरला अर्याल ले गर्नु भएको थियो।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्