
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार आइतबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरिएको हो।
निगमले जानकारी दिएअनुसार इन्डियन आयल कर्पोरेसन (IOC) ले नेपाललाई पठाएको पछिल्लो बिलमा पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ५४ पैसा र डिजेलको मूल्य ६ रुपैयाँ ५३ पैसाले बढेर आएको छ। सोही आधारमा आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
प्रकाशित मिति : २०८२ कार्तिक ३० गते आइतवार

