लक्ष्मण बस्नेत
दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको अध्यक्षमा अजय केसि चयन हुनु भएको छ ।
दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आज शुक्रबार सम्पन्न प्रथम सधारण सभा तथा अधिवेशनले संघको ९ सदस्यीय तदर्थ समिती लाइ बिगठन गर्दै अजय केसि नेतृत्वको १३ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले चयन गरेको हो ।
जसको उपाध्यक्ष द्वयमा दिपेन्द्र शाह,योगेश मल्ल, सचिब लक्ष्मण बस्नेत, कोषाध्यक्ष भुपेन्द्र डागी हुनुहुन्छ।त्यसैगरी संघको सदस्यमा राम भट्टराई,रिता थापा,ज्ञानुमाया बुढाथोकी,फर्साराम गौतम,माधव सुबेदी,भरत दर्नाल,पुरुषोत्तम पोख्रेल र प्रदिप बस्याल रहनु भएको संघका सचिब लक्ष्मण बस्नेतले जानकारी दिनु भएको छ ।
साधारणसभा तथा अधिवेशन उद्घाटन समारोह संघका अध्यक्ष अजय केसिको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख राकेश परियार र लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिट्नेस संघका सदस्य खिम जिएमको बिशेष उपस्थिती एवं रोहवरमा भएको थियो ।
सो अवसरमा बोल्ने बक्ताहरुले शारीरिक सुगठन तथा फिट्नेस संघले आफ्नो वार्षिक क्यालेन्डर मार्फत जिल्लामा फिट्नेसका गतिबिधी संचालन गर्न सुझाव दिएका थिए । साथै उनिहरुले शरीरको सुन्दरता संगै स्वस्थ जिवनशैलीको मुख्य सुचकका रुपमा रहेको फिट्नेस प्रतिको बुझाई लाई फराकिलो पार्दै यसको बिकास र बिस्तारमा लाग्न नयाँ नेतृत्व लाई आग्रह गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिट्नेस संघका सदस्य खिम जिएम,लुम्बिनी प्रदेश स्ट्रेन्थ लिफ्टिङ संघका उपाध्यक्ष आशिष श्रेष्ठ, युवा ब्यबसायी भरत दर्नाल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
सो अवसरमा जिल्ला क्रियाशिल फिट्नेस क्लबका संचालक तथा प्रतिनिधि,खेलाडी,खेलप्रेमी,युवा ब्यबसायी,संघका पुर्व पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका सचीव लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।
यसैबिच संघको आजै शुक्रबार बसेको पहिलो बैठकले संघ लाई थप चलाएमान गर्न आवश्यक सल्लाह सुझावका लागि सल्लाहकार समिती चयन गरेको छ ।
संघका अध्यक्ष अजय केसिको अध्यक्षतामा बसेको बैठकले संघको सल्लाहकारमा आशिष कुमार श्रेष्ठ, दिपेन्द्र रिजाल, खिम जिएम,सुवर्ण बस्नेत,मन्जित बाठा लाई चयन गरेको हो ।