असाय, अशक्तको खोजीमा स्वंयमसेवकहरु



No description available.
नेपाल स्वंयमसेवक संघ दाङले आज तुलसीपुर बजार अनुगमन गरेको छ । साहारा विहिन, असाय, अशक्त सडक पेटिमा बस्ने ब्यक्तिहरुलाई उद्धार गरि आश्रममा आश्रीत गराउँने उद्धेश्यले अनुगम गरेको हो ।

तुलसीपुर क र ख लाईन बसपार्क लगाएतका ठाउँमा अनुगमन गर्दा कहि नभेटिएको अध्यक्ष जित बहादुर खड्काले बताउँनु भयो । सडक पेटिमा आश्रीत ब्यक्तिहरु नभेटिएपछि बसपार्क प्रहरी विट ईञ्चार्ज टिका कँवर संग दाङ भित्रीने गाडिहरुमा त्यस्ता ब्यक्तिहरु फेला पारेमा सम्बन्धित ठाउँमा ब्यवस्थापन गर्न समन्वयकारी भुमिका निर्वा गरिदिन अध्यक्ष खड्काले आग्रह गर्नुभएको छ । सो अवसरमा ईञ्चार्ज कवँरले आफनो अभियान पनि सोहि भएकाले यस कार्यमा अग्रसर भई लाग्ने र स्ंयमसेवक संघ संग समन्वय गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

No description available.

अभियानमा संघका सल्लाहकार टोप बहादुर घर्ती, स्वयमसेवक संघका उपाध्यक्ष तुल बहादुर वि.क, सचिव आशा नेपाली, सहसचिव शसी भण्डारी, सदस्य शान्ता पुन लगाएतको सहभागिता रहेको थियो । नेपाल स्वंयमसेवक संघ जिल्ला फोकल पर्सन माधवा शर्माका अनुशार समाज सेवा गठन गर्ने उद्धेश्यले गठन भएको स्वंमसेवक संघ गठन पश्चात यो पहिलो कार्य हो । समाज परिवर्तन संगै सामाजीक उत्तरदायीत्व निर्वाह गर्ने सस्ंथा भएकाले हरेक कार्यमा स्ंवयमसेवकको भुमिकाहरु प्रश्तुत हुने संघको कार्य भएको बताउँनुभयो ।

No description available.

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्