तुलसीपुरमा लुम्बिनी प्रदेश तेक्वान्दो संघको छै्ठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सुरु




दाङको तुलसीपुरमा लुम्बिनी प्रदेश तेक्वान्दो संघको छै्ठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सुरु भएको छ ।

नेपाल तेक्वान्दो संघ अन्तर्गत लुम्बिनी प्रदेश तेक्वान्दो संघ दाङको आयोजनामा सुरु भएको कार्यक्रममा प्रदेशभरका खेलकर्मी,प्रशिक्षक तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजित कार्यक्रममा तेक्वान्दो खेलको विकास, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे छलफल हुने लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले जानकारी दिनुभयो ।
अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गरिने जनाइएको छ । कार्यक्रममा सहभागीहरुले खेल क्षेत्रको विकासका लागि राज्यको लगानी बढाउन तथा खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
कार्यक्रम केही दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्