दाङकाे घाेराहीस्थित लिटल एन्जल स्कुलले किड्स ओलम्पियाड तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरेकाे छ । आज शुक्रबार एक समारोहका बिच विद्यालयले किड्स ओलम्पियाड तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरेकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा घाेराही उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भरत अर्यालले विद्यालयले हरेक क्षेत्रलाई शिक्षासँग जाेड्दै लगेकाे बताउनुभयाे । `अबकाे शिक्षा कस्ताे हुनुपर्छ भन्ने लिटल एन्जल स्कुले नमुना प्रस्तुत गरेकाे छ । विद्यार्थीले गरेका शैक्षिक प्रदर्शनीले सिकाइकाे शैली प्रस्तुत गरेका छन् । कक्षाकाेठाकाे सिकाइलाई प्रयाक्टिकलका रूपमा विद्यार्थीले निर्माण गरेका सामग्रीले शैक्षिक ल्याब नै तयार गरेकाे छ । ´ अध्यक्ष अर्यालले बताउनुभयाे ।
त्यस्तै कार्यक्रममा बाेल्दै प्याब्सन दाङका सचिव आदिम केसीले विद्यालयले सांस्कृतिक महाेत्सवकाे झल्काे दिलाउने कार्यक्रम आयाेजना गरेकाे बताउनुभयाे । `नेपालकाे बहुसांस्कृतिकता झल्कने प्रस्तुतिले विद्यालयलाई सांस्कृतिक मञ्चका रूपमा प्रस्तुत गरेकाे छ । विभिन्न संस्कृति झल्कने नृत्य, गीतले सांस्कृतिक सहअस्तित्व कायम गरेकाे छ ।”
किड्स ओलम्पियाडका माध्यमबाट बालबालिकालाई खेलकुदतर्फ आकर्षण गरेकाे छ । विद्यालयले खेलकुदसँग शिक्षालाई जाेडेकाे छ । शैक्षिक सामग्रीकाे प्रदर्शनीमा प्रदर्शन गरिएका सामग्रीले शिक्षण सिकाइकाे शैली र प्रभाव प्रस्तुत गरेका छन् । प्रदर्शनीले अबकाे शिक्षाकाे माेडलसमेत प्रस्तुत गरेका छन् ।
कार्यक्रममा विद्यार्थीले विभिन्न संस्कृति झल्कने नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
यसैबीच खेलकुद सप्ताहमा सम्पन्न तेस्राे लिटल एन्जल रनिङ सिल्डकाे उपाधि कञ्चनजङ्घा च्यालेन्जर्सले २७ गाेल्ड, ५ सिल्भर र १४ रजतसहित हात पारेकाे छ । कार्यक्रममा विजेता समूहलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
विद्यालयले आफनो वार्षिकोत्सवको अवसर पारेर शुक्रवार किड्स ओलम्प्यिाड तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हो । बालबालिकाहरुको प्रतिभा उजागर गर्नेे विद्यालयले किड्स ओलम्पियाडको आयोजना गरेको विद्यालयका प्रिन्सिपल यादव गिरीले जानकारी दिनुभयाे। उहाले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि किड्स ओलम्पियाडले सहयोग पुग्ने समेत उहाको भनाइ छ । आफूले अध्ययन गरेको विषयलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन सहयोग पुगोस भनेर विज्ञान कलाको समेत प्रदर्शनी गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुर्णचन्द्र गिरीको अध्यक्षता तथा विद्यालयका प्रिन्सिपल यादव गिरी विद्यालयकाे प्रगति विवरण प्रस्तुत गर्नु भएको थियाे।
विद्यालयका भ्याइस प्रिन्सिपल विमल रोकाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक स्वस्तिमा एम सी र ओमप्रकाश बुढाले गर्नु भएको थियाे।