दंगीशरण गाउँपालीका वडा न. २ कलमखोलामा कृषी वन उपज हाटबजार लाग्ने भएको छ । यहि मंसीर ३० गते शनीवारका दिन हाट बजार लाग्नेछ । हाम्रो राजाकोट बहुउद्येश्यीय सहकारी संस्था र दंगीशरण गाउँपालिका २ को आयोजना तथा दंगीशरण गाउँपालिका कृषी विकास शाखा, ग्रिन फाउन्डेसन नेपाल र हरियाली मञ्च नेपालको समन्वयमा कृषी हाटबजार लाग्ने भएको हो ।
बिहान ८ बजेदेखी लाग्ने हाट बजारमा किसानहरुले उत्पादन गरेका खाद्यान्न सामाग्री, तरकारी, फलफुल, ढकिया, दुनाटपरी लगाएत खसि, बोका, कुखुरा लगाएतका कृषि सामग्रीहरु राखिनेछ । कृषी हाटबजारबाट किसानलाई सहयोग पुग्ने अपेक्षा सहित प्रत्येक महिनाको अन्तीम शनीवार हाट बजार संचालन गर्न लागिएको हाम्रो राजाकोट बहुउद्येश्यीय सहकारी संस्थाका उपाध्यक्ष सिएम विश्वकर्माले बताउँनुभयो। हाटबजारमा विक्रि नभएका सामाग्री ग्रिन फाउन्डेसन नेपालको सम्वनयमा बजारीकरणको व्यवस्था गरिने भएको छ ।
उपाध्यक्ष विश्वकर्माका अनुशार गत कात्तिक २५ गते पहिलो पटक हाटबजार लाग्दा करीव एक लाख बराबरको कारोबार भउको थियो । हाट बजार बाट राम्रो आम्दानी भएपछि किसानहरुको सहजताका लागि फेरी पनि हाट बजार संचालन गर्न लागिएको आयोजकले जनाएको छ । साथै हाट बजारमा निःशुल्क रुपमा स्वास्थ्य शिवीर राखिने भएको छ । शिवीरमा २५ प्रतीशत छुटमा सुगर, ल्याव टेष्ट गर्नुका साथै निःशुल्क औषधि उपलब्ध गराईने जनाईएको छ । वरिष्ठ फिजीसीयन डा. मुक्ति थापा र नशा तथा हाड जोर्नी विशेषज्ञ डा. जिभाष शर्माद्धारा चेकजाँच गरिनेछ ।