दङ्गिशरण तेस्रोपटककाे हाटबजारमा १ लाख ४८ हजार ३ सय ४५ रुपैयाँकाे आर्थिक काराेबार



 

साविक गाेल्टकुरी गा.वि.स हाल दंगीशरण गाउँपालिका वडा नं.२ कलङखाेला दाङमा महिनाको अन्तिम शनिबारका दिन सञ्चालन हुने कृषि वन उपज हाटबजार शनिबार  तेस्रोपटक सम्पन्न भएको छ ।

हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना एवम् दंगीशरण गाउँपालिका २ नं. वडा कार्यालय काैवाघारी दाङ, कृषि विकास शाखा दंगीशरण गाउँपालिका हेकुली दाङकाे समन्वयमा सञ्चालन भएको तेस्रोपटककाे हाटबजारमा १ लाख ४८ हजार ३ सय ४५ रुपैयाँकाे आर्थिक काराेबार भएको हाे ।

हाटबजारमा ताजा तरकारी तथा फलफुल, तरुल, गन्जी, चिउरीकाे मह, सिन्की, ढकिया, अम्रेसा झारु, डाेकाडाला, लत्ताकपडा, खेलाैना, किराना सामाग्री, थारु प्रकार ढिक्रि राेटि, चाउमिन, जेरी, पकाैडा, पानीपुरी, चटपटे, हसियाँ, खुर्पा, चाकु, खुकुरी, चुलासी, फरुवा, कुटा, काेदाली, बन्चरो, स्टेसनरी सामाग्री लगायत कृषि वनमा आधारित उत्पादन वस्तु तथा समाग्रीहरु हाटबजारमा रहेका थिए । पहिलोपटक सञ्चालन भएको हाटबजार कार्तिक २५ गते रु.९४ हजार ३ सय ६५ , दाेस्राेपटक १ लाख १७ हजार र आज तेस्रोपटक रु.१ लाख ४८ हजार ३ सय ४५ रुपैयाँको  आर्थिक काराेबार भएको थियोे ।

हाटबजार सँगसँगै मनाेरञ्जनका रुपमा थार नाचाे र दङ्गाली झाप्रे नाच प्रस्तुत गरिएको थियाे । स्थानीय उत्पादनकाे प्राेत्साहन, बजारीकरण र आर्थिक विकासमा टेवा पुग्ने हितुले याे हाटबजार सञ्चालन हुने गरेकाे छ ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्