पछिल्लो समय समाजसेवी सपना वस्नेत भण्डारी समाजसेवामा सक्रिय बन्दै जानुभएको छ । दुःखीहरुको घाउँमा मलम लगाउँन र खुसी थप्न सपना नयाँ सपना बुन्दै समाज सेवामा सक्रिय हुनुभएको छ । समाजसेवी तथा सफल ब्यवसायी सपना भण्डारी बस्नेतले तीजको अवसर पारी आश्रीत महिला दिदिबहिनीहरुलाई कपडा सहयोग गनुभएको छ । आज शनीवार तुलसीपुरमा रहेको मानव बृद्धआश्रममा रहेका २५ जना आश्रममा आश्रीत दिदिबहिनीहरुलाई एक कार्यक्रमको आयोजना गरि कपडा (धोती ) उपहार स्वरुप र दरको रुपमा फलफुल सहयोग गर्नुभएको हो । समाजसेवी भण्डारीले चाडपर्व नजीकीदै गर्दा आफ्ना र आफन्त नभएकाहरु संग खुसी साट्ने अवसरको रुपमा लीइ सहयोग कार्यक्रमको आयोजना गरेको बताउँनुभयो ।
उहाँले भन्नुभयो – “समाजमा पर्व आउदा रुनेहरु धेरै छन् । हामी हुनेखानेहरु चाहिने भन्दा बढि खर्च गरिराखेका हुन्छौँ । यसले गर्दा हरेक चाडपर्वहरु भड्किलो बन्दै गईरहेको छ । आज परिवार नभएकाहरु रुदै बस्नुपरेको छ । हामी समाज परिवर्तनमा लागेकाहरु सामाजीक काम गर्न जरुरी छ । जहाँ यी यस्ता परिवारबिहिन मानवले परिवार भएको अनुभूती गर्न पावस् ।”
आश्रममा आश्रीतहरु संग तीज पर्व मनाउँन पाउँदा खुसी लागेको उहाँले बताउँनुभयो । अरुलाई खुसी दिनु नै आफु खुसी हुने भएकाले समाजसेवा बाट आफु खुसी भएको बताउँनुभयो ।
“अवको मेरो काम भनेको समाजसेवा नै हुनेछ,सबै हातोमालो गरेर समृद्ध समाज निर्माणमा लाग्न जरुरी छ ।”– समाजसेवी भण्डारीले भन्नुभयो ।
कार्यक्रममा प्रमुख अतीथी तुलसीपुर उपमहानगरपालीकाका उपमेयर स्यानी चौधरीले आफु सधैँ समाजसेवा अन्र्तगत आश्रीतहरुको सेवामा लागीरहने बताउँनुभयो । आश्रमको दिगो ब्यवस्थापनका लागि जग्गा उपलब्ध गराईसकेको भन्दै घर निर्माणका लागि काम भईरहेको बताउँनुभयो । उहाँले अहिले पनी अनाथ बालबालीकाहरुको अभिभावक बनेर सेवा गरिरहेको बताउँनुभयो ।
सो अवसरमा मानवअधिकारकर्मी शुष्मा लामीछानेले दिदिबहिनीहरुले तीजलाई भड्किलो रुपमा मनाईराखेकाले समयमै सजक हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समिती दाङका प्रमुख नारायणी रजौरे, नेपाल पत्रकार महासंघ दाङ शाखा सह–सचिव दिप्तीशिखा चौधरी, नेपाल उधौग ब्यवसायी संघ दाङका अध्यक्ष नरेशराज भण्डारी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा पत्रकार नारायणी रजौलेले श्रृंगारका सामग्री वितरण गर्नुभएको थियो ।
समाजसेवी तथा व्यवसायी सपना भण्डारी वस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको शहजीकरण पत्रकार निरला अर्यालले गर्नुभएको थियो ।