राप्ती प्रालिले एयर सस्पेन्सर सिलिपर एसी बस सञ्चालन गर्ने



दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले भाेलि बुधबारदेखि एयर सस्पेन्सर सिलिपर एसी बस सञ्चालन गर्ने जनाएको छ । । पहिलो चरणमा दाङ–काठमाडौँ तथा काठमाडौँ–दाङका लागि सेवा सञ्चालन गर्ने जनाएको हो ।

ब्लुस्काई तथा सेभेन स्टार बस सेवा सञ्चालन गरीरहेको प्रालिले पहिलो पटक दाङमा एयर सस्पेन्सर सिलिपर एसी सेवा रहेको बस सञ्चालन गर्न लागेको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । प्रालिसंग एयर सस्पेन्सर सिलिपर एसी बस चार वटा रहेका छन्

प्रालिले आज मंगलबार तुलसीपुरको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनकाे आयाेजना गरि एयर सस्पेन्सर सिलिपर एसी बस सेवा सञ्चालन गर्न लागेको जनाएको छ । यसमा ३२ वटा बस्नका लागि फोल्डिङ सिट रहेको र बाँकी आठ जनाका लागि सुतेर यात्रा गर्नका लागि क्याविनको ब्यबस्था गरिएको छ ।

फोल्डिङ सिटका लागि एक हजार आठ सय रुपैया भाडादर कायम गरिएको छ भने क्याविट सिटका लागि प्रतिब्यक्तिको दुई हजार भाडा निर्धारण गरिएको छ । बसको ४० सिट क्षमता रहेको प्रालिले जनाएको छ ।

यातायात क्षेत्रमा गुणस्तरिय सेवा प्रबाहका लागि एयर सस्पेन्सर सिलिपर एसी बस सेवा थप गरिएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । प्रालिले आफ्नो सेवा सुधारका लागि प्रयास गरीरहेको भन्दै यात्रीलाई भरपर्दो सेवा दिनका लागि प्रयास गरीरहेको उहाले जानकारी दिनुभयो ।

प्रालिका अध्यक्ष हमालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको थियो । प्रालिका सञ्चालक समितिका सदस्य नारायणप्रसाद न्यौपानेको स्वागत मन्तब्यबाट सुरु कार्यक्रममा प्रशासनिक सचिब प्रकाश भट्टले प्रालिले दिइरहेका सेवाका बारेमा जानकारी गराउनुभएको थियो । पत्रकार सम्मेलनको सहजीकरण प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।

यसैबीच त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको दोस्रो अधिबेशन तथा चौथो बार्षिक साधारणसभा फागुनमा हुने भएको छ । प्रालिको फागुन १२ र १३ गते तुलसीपुरमा अधिबेशन तथा साधारणसभा हुने भएको हो । साधारणसभाको यातायात ब्यबसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष बिजयबहादुर स्वारले गर्ने कार्यक्रम तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्