सडक सुरक्षाका विषयमा छलफल गर्न जनप्रतीनिधि र सरोकारवालाहरु एकै ठाउँमा



No description available.

सडक सुरक्षामा जनप्रतीनिधि र सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम आज तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालीकाका मेयर तथा कार्यक्रमका प्रमुख अतीथी टिकाराम खड्काले सडक सुरक्षाका विषयमा सम्बन्धित सरोकारवालाहरुसंग जहिले पनि सहकार्य गर्न तत्पर रहेको बताउँनुभएको छ । दुर्घटनाको केन्द्रविन्दुका रुपमा रहेको घोराहि तुलसीपुर सडकको कामलाई समाधान गर्न आफु तर्फबाट पहल गर्ने बताउँनुभएको छ । “गाडि चालक सुरक्षीत कार्यक्रम, अपांगताहरुलाई ह्वील चियर मात्र नभई उनीहरुको माग बमोजिमका कार्यक्रम संचालन गरिने बताउँनुभयो । हरेक काम गर्न सहकार्य गनुृपर्ने हुन्छ यसका लागि सम्बन्धित सबैजनाको सहकार्य हुन जरुरी छ राम्रो र हाम्रो तुलसीपुर बनाउँनका लागि तपाई हामी सहकार्यको माध्यम बाट जानुपर्छ ।”–मेयर खड्काले भन्नुभयो ।
कार्यक्रममा कुष्ठरोग नीयन्त्रण शाखा प्रमुख प्रशन्ना न्यापिटले २०२२ मा तुलसीपुर उपमहानगरपालीका भित्र आठ महिनाको अवधिमा ३ सय २३ सडक दुर्घटना भएको जानकारी गराउँनुभएको थियो । यस्तै २०७९÷८० मा सवारी दुर्घटना बाट ९ जनाको मृत्यु भएको र ५ सय ५१ जना घाईते भएको जानकारी गराउँनुभएको थियो ।
उहाँले सडक सुरक्षाका विषयमा समयमै सचेत हुन नसक्दा दुर्घटनाको जोखिम बढेको बताउँनुभयो । यसका लागि सडक सुरक्षा सम्बन्धि सचेतना जगाउँनुपर्ने , स्थानीय निकायलाई सचेतीकरण गर्ने, सामाजीक रुपमा अभिमुखीकरण गर्ने सुझाव दिनुभयो ।

यस्तै पदमकन्या क्याम्पसका प्रध्यापक भगवती सेडाईले आफुले गरेको सर्वेक्षण अनुशार सडक दुर्घटना बाट मृत्यु हुनेको संख्या तीन गुणा बढि रहेको जानकारी दिनुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरण गर्ने उपाय, सडक सुरक्षाका आयाम, सडक दुर्घटना न्यूनीकरणमा स्थानीय तहको भूमिका लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

No description available.
यस्तै ट्राफिक प्रहरी प्रमुख तीर्थ भुषालले तुलसीपुरमा ट्राफिक नियमको पालना अत्यधिक मात्रामा उलंघन हुने गरेको पाइएको बताउँनुभयो । यस्तै लाईसेनस बिना गाडि चलाउँदा, मादक पदार्थ सेवन गरि, अभिभाकत्व शिक्षा नभएका कारण, पार्किङ्ग ब्यवस्थापन नभएको, डिजीटल मनीटरीङ्ग÷सी.सी क्यामेरा, जेव्रा क्रसिङ्ग, डिनीटल वोर्ड, हेल्मेट प्रयोग नभएका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको जानकारी गराउँनुभएको थियो ।
सो अवसरमा दिप ज्योती हस्पिटलका डा. अजय रेग्मी, नेपाल प्रहरी निरीक्षक कृष्ण प्रकाश मल्ल लगाएतले सडक सुरक्षाका विषयमा आ – आफनो भनाई राख्नु भएको थियो । तुलसीपुर उपमहानगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । स्वास्थ्यकर्मी ओम न्यौपानेको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण कुष्ठरोग नियन्त्रण शाखा फोकल पर्सन महेन्द्र गिरीले गर्नुभएको थियो ।

No description available.
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, मानवअधिकारकर्मी,नेपाल प्रहरी, ट्राफिक प्रहरी , पत्रकार, बाल संजालका प्रतीनिधिहरुको सहभागिता रहेको थियो । मंगलबार बाट शुरु भएको कार्यक्रम विभीन्न समुहसंग छलफल गरि पाँच दिन सम्म संचालन हुनेछ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग ईपिडिमीयोलाजी तथा रोग नियन्त्रण महाशाखा र कुष्ठरोग नियन्त्रण तथा अपांगता ब्यवस्थापन शाखाको आयोजना तथा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा कार्यक्रम भएको हो ।

 

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्