
कपिलवस्तुका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ । कोठी नदीले चेतावनी तह पार गरेको छ भने बाणगंगा, बेलनदी र गुडरुङ खोलामा पानीको सतह चेतावनी तहभन्दा तल रहेको छ ।
कोठी नदीमा चेतावनी तह ६ मिटर रहेकामा पानीको सतह ६.३३४ मिटर पुगेको छ। यो चेतावनी तहभन्दा ०.३३४ मिटर बढी हो ।
यस्तै, बाणगंगा नदीमा चेतावनी तह ५.५ मिटर रहेकामा पानीको सतह ५.०९४ मिटर रहेको छ। बेलनदीमा चेतावनी तह ४.८ मिटर रहेकामा ४.४२१ मिटर र गुडरुङ खोलामा चेतावनी तह ५ मिटर रहेकामा २.९५६ मिटर पानीको सतह रहेको छ।
कोठी नदीमा चेतावनी तह पार भइसकेकाले नदी आसपास तथा डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार

