पश्चिम दाङमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ४ जना गम्भीर घाइते



पश्चिम दाङको शान्तिनगरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ४ जना गम्भीर घाइते भएका छन् ।

सोमबार बेलुका पौने ८ बजेतिर शान्तिनगर गाउँपालिका १ नयाँ बस्तीस्थित गुन्डले खोलामा खिलतपुरबाट अमुवा तर्फ (ढुङ्गा लोडगरी) जादै गरेको रा १ त २३१७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई पल्टिँदा ४ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयाे ।

घाइते हुनेहरुमा शान्तिनगर गाउँपालिका २ बस्ने ३९ वर्षीय भिम बहादुर बुढाथोकी, सोही ठाउँ बस्ने ५२ वर्षीय लाटो राना, २३ वर्षीय उमेश भण्डारी र ५१ वर्षीय धन बहादुर भण्डारी रहेका छन् ।

घाईते चारै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

त्यस्तै ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा चालक सहित ६ जना सवार रहेकोमा १ जनालाई केही नभएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्