थारु पत्रकार संघ, नेपालले अधिकारकर्मी इन्दु थारूले आफ्ना दिवंगत पिता र काकाको स्मृतिमा स्थापना गर्नुभएको जोखन जगत रत्गैया स्मृति पुरस्कार २०८१ थारु साप्ताहिक पत्रिका लौव अग्रासन लाई प्रदान गरेको छ ।
दाङको घोराहीबाट थारु भाषामा प्रकाशित हुँदैआएको लौव अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई नगद ३० हजार रुपियाँ राशीसहित कदरपत्रले सम्मान गरिएको हो । लौव अग्रासन १७ वर्षदेखि निरन्तर थारु भाषामा प्रकाशित हुँदैआएको छ।
थारु, भाषा, कला संस्कृतिको संरक्षण र प्रवर्धनमा अतुलनीय योगदान गरेकोमा शनिवार काठमाडौंमा संघको छैठौं राष्ट्रिय महाधिवेशनमा लौव अग्रासनई संस्थागत रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार