जाडोमा छाला सुक्खा हुन बाट कसरी जोगिने ?



जाडो मौसममा छाला किन सुख्खा हुन्छ? कस्तो असर पर्छ? सुख्खा हुन नदिन के गर्ने? - स्वास्थ्यखबर :: Swasthya Khabarpatrika

जाडोमा छाला सुख्खा हुनु सामान्य हो । जाडोमा कम तापक्रम र आर्द्रतामा आउने परिवर्तनले छालालाई असर गर्छ। जाडोमा तापक्रम घट्ने भएकाले यस्तो हुँदैन, त्यसैले छाला सुख्खा रहन्छ ।

छाला सुख्खा हुने यस्ता छन् कारण
१. चिसो दिनमा मानिसहरू प्रायः कोठा न्यानो राख्न विभिन्न प्रकारका उपाय अपनाउँछन्। यसो गर्दा कोठाको आर्द्रता प्रभावित हुन्छ, जसका कारण छालाको आर्द्रतामा कमी आउछ ।

२. चिसो मौसम, तीब्र हावा र वर्षाले छालाको प्राकृतिक मोस्चराइजिङ तेल खोस्छ।

३. जाडोमा प्राय मानिसहरु तातो पानीले नुहाउने गर्छन्, यसो गर्दा छालाको प्राकृतिक तेल छालाबाट गायब हुन थाल्छ ।

जाडोमा छाला सुख्खा हुनबाट जोगिने उपायहरु
१. जाडोमा छालालाई हाइड्रेटेड राख्नु निकै जरुरी हुन्छ । यसका लागि पर्याप्त मात्रामा पानी पिउनुहोस् र छालालाई मोइस्चराइज गर्नुहोस्।

२. चिसोमा मनतातो पानीले नुहाउनुहोस् । यसले छालाबाट प्राकृतिक तेल निस्कनबाट रोक्छ र छाला सुख्खा हुँदैन।

३. चिसोमा बाहिर जाँदा आफ्नो छाला छोप्न नबिर्सनुहोस्। यसबाट छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ।

४. कडा साबुन र डिओडोरेन्टहरूले छालालाई हानी पुर्‍याउन सक्छ। त्यसैले यसको प्रयोग नगर्नुहोस्।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्