शान्तीनगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



No description available.

तुफानबाबु श्रेष्ठ

व्यवसायिक अधिकारको सुरक्षा संगै व्यवस्थित व्यवसाय भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो आठौ स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्दै पश्चिम दाङको धनौरी स्वास्थ्य चौकीमा सिटी हस्पिटल प्रा.लि. तुलसीपुरको प्राविधिक सहयोगमा शनिवार निस्शुल्क स्वास्थ्य शिविर सन्चालन गरेको छ । स्वास्थ्य शिविरमा ६ सय जनाले स्वास्थ्य लाभ लिने लक्ष्य राखिएकोमा करिव ८ सय जनाले स्वास्थ्य लाभ लिएको स्थानिय समाजसेवी तथा शिविर संचालनका कार्यक्रम संयोजक विजय के.सी. ले जानकारी दिनुभयो ।

शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. हेमराज शर्मा, शल्य चिकित्सक डा. रवी आचार्य, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. शेखर शर्मा, कन्सल्टेन्ट फिजिसियन डा. सुमन केसी, डा. नुरज श्रेष्ठ, डा. जनक गुरुङ लगायत चिकित्सकको टिमले बिरामीको स्वास्थ्य परिक्षण गर्नु भएको थियो । शिविरमा बिरामीलाई निस्शुल्क रुपमा औषधी पनि वितरण गरिएको थियो ।

No description available.

शिबिरको स्थानिय व्यवस्थापन शान्तीनगर गाउँपालिका वडा नम्वर ५, ६ र ७ ले गरेको थियो । साथै शिबिरलाई प्रभावकारी बनाउन र व्यबस्थित गर्न नेपाल औषधि तथा बिक्री प्रतिनिधी संघ दाङ ईकाई, आरसीसी भिलेज काशिपुर तथा शान्तीनगर थारु समाज लगायतका संस्थाहरुको सहयोग रहेको थियो ।

No description available.
कार्यक्रमका प्रमुख अतिथी शान्तीनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले नेपाली नागरिकलाई आधारभुत स्वास्थ्य सेवा दिन स्थानिय सरकार तयार रहेको बताउदै आजको बिशेषज्ञ स्वास्थ्य शिविरको आयोजनामा पनि गाउँपालिकाले आफ्नै कार्यक्रम सम्झेर आत्मसात गरेको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथी सिटी हस्पिटल प्रा.लि. तुलसीपुरका अध्यक्ष बिमल रिजालले आम् नागरिक उपचारको अभावका कारण समस्यामा पर्न नहुने भन्दै पहुचविहिन एवम् आर्थिक अवस्थाविहिन विरामीलाई सिटी हस्पिटलले गाउँपालिकाको सिफारिसमा प्राथमिकताका आधारमा उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल औषधि थोक व्यवसायी संघका जिल्ला सचिव मरिचमान धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य शरदराज शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्य, शान्तिनगर गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष शेर बहादुर भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शिविरको समापनमा सिटी हस्पिटल प्रा.लि. का प्राविधिक टिम र सहयोगी संस्थाहरुलाई कदरपत्रले सम्मान गरिएको थियो । नेपाल औषधि थोक व्यवसायी संघ दाङ शाखा अध्यक्ष शेषकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण संघका लुम्बिनी प्रदेश महासचिव तुफानबाबु श्रेष्ठले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्