
दाङमा सिकलसेल एनेमिया तथा थालसेमियाको स्क्रिनिङ परीक्षणका क्रममा ५ हजार ७० जनाको परीक्षण गर्दा ६५० जनामा असामान्य हेमोग्लोबिन भेटिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्याथोलोजिस्ट जेनिस छत्कुलीका अनुसार ३४७ जनामा सिकलसेल ट्रेट, ३३ जनामा सिकलसेल डिजिज, १५७ जनामा बिटा थालसेमिया ट्रेट, ३ जनामा बिटा थालसेमिया मेजर, ५९ जनामा सिकलसेल–बिटा थालसेमिया ट्रेट र ५१ जनामा अन्य हेमोग्लोबिन भेरियन्ट फेला परेको हो।
प्रतिष्ठानले जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयमा सञ्चालन गरेको शिविरमार्फत नमुना सङ्कलन गरी परीक्षण गरेको जनाएको छ। परीक्षणको नतिजाले दाङमा सिकलसेल एनेमिया तथा थालसेमियाको जोखिम अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ।
प्रकाशित मिति : २०८३ असार २२ गते सोमवार

