सिकार खेल्न गएका एक जनाको गोली लागेर घटनास्थलमै मृत्यु



घोराहीमा गोली लागेर एकको मृत्यु « Nepali Digital Newspaper
पश्चिम दाङमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । गएराति साढे ८ बजेतिर शान्तिनगर १ मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुक पट्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक अजयजंग थापाले जानकारी दिनुभयो ।  ।
मृत्यु हुनेमा बबई गाउँपालिका ४ ठाँटीखोला निवासी २४ वर्षीय तेजलाल खत्री रहेका छन् । खत्रीलाई हात र पेटमा गोली र छर्रा लागेको प्रहरीले बताएको छ । उनीसँगै अन्य १०/१२ जना व्यक्तीहरु पनि जंगलमा गएको बुझिएकाले उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
मृतकको शव पोष्टमार्टमका लागी अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट एक नाल भरुवा बन्दुक फेला पारेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्